Saturday, July 19, 2008

मुग्लिङ बस दुर्घटनामा अर्घाखाँची-हंसपुरका प्रेम परियार र निर्मल परियार मृत्यु, डिमर्नाका गोविन्द परियार घाइते

-काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु.१.ख ३८०३ नम्बरको यात्रुवाहक बस गएराति नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चितवन जिल्लाको चण्डीभञ्ज्याङ गाविस, वडा नं. ५ खहरेखोलाबाट त्रिसुली नदीमा खस्दा १६ को मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सो दुर्घटनामा मृत्यु हुनेमा सनाखत भएका ११ जनामध्ये अर्घाखाँची जिल्ला हंसपुर निवासी प्रेम परियार र निर्मल परियार रहेका छन् ।
यस्तै दुर्घटनामा परी घाइते हुनेमध्ये अर्घाखाँची -डिमर्नाका गोविन्द परियार रहेका छन् । घाइतेहरूमध्ये २७ जनाको भरतपुर अस्पतालमा र चारजनाको मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।