बहुमत
संविधानसभाका कार्यवाहक अध्यक्ष के. बी. गुरुङले मतगणनाको नतीजा सार्वजनिक गर्दै यादव बहुमतले निर्वाचित भएको घोषणा गरेका थिए। उक्त घोषणापछि नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड सहित सभासदहरुले सभाहलमा आफ्नो ठाउँबाट उठेर यादव बसेको ठाउँमा गई बधाई दिएका थिए। तर अपरान्ह संविधानसभा बैठकको हल भित्र कार्यवाहक अध्यक्षले पहिलो राष्ट्रपति निर्वाचनको नतीजाको औपचारिक घोषणा गर्नु अघि नै बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हल बाहिर यादव समर्थकहरु र उनको दल नेपाली काँग्रेसका कार्यकर्ताहरु खुशीमा झुम्न थालिसकेका थिए। जम्म ६०१ सदस्य रहने संविधानसभामा हाल रहेका ५९४ सदस्हरुमध्ये राप्रपा-नेपालका चारजना बाहेक सबैले मतदान गरेका थिए। यादवले पहिलो चरणमा पाएको भन्दा २५ मत बढी ल्याएका थिए।

निधो
शनिबार मतदान नगरेका कतिपय साना दलहरुले नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका साझा उम्मेदवार यादवको पक्षमा मत दिने निधो गरेपछि उनको मत बढेको थियो। दुबै उम्मेदवारका पक्षमा आइतबार दिनभर भएको राजनीतिक कसरतपछि यादवको पक्षमा नतिजा आउने संकेत रात छिप्पिनु अघिनै देखा परेको थियो। तर दलीय अनुशासनको उल्लंघन र मत बदरको पछिल्लो उदाहरणले संभावित नतीजाबारे कोही पनि ढुक्क हुन सकेका थिएनन्। यो पटक त्यो शंका सही साबित भएन। चुनावी गठबन्धन सैद्धान्तिक भन्दा पनि घातप्रतिघातको राजनीतिका आधारमा भएको विश्लेषकहरुको भनाई छ। चुनावका दुवै प्रतिस्पर्धीहरु वामपन्थी र गैह्र वामपन्थीहरु मिश्रित दुई छुट्टाछुट्टै गठबन्धनहरु थिए।

गठबन्धन
एउटा गठबन्धन नेपाली काँग्रेस, एमाले र तराईका दलहरु सहितको थियो भने अर्को गठबन्धन माओवादी र तराईका अरु दलहरु सहितको थियो। विजयी गठबन्धनका तर्फबाट उपराष्ट्रपतिमा गएको शनिबारनै मधेशी जनअधिकार फोरमका परमानन्द झा माओवादी उम्मेदवार शान्ता श्रेष्ठलाई हराई निर्वाचित भएका थिए। राष्ट्रपति पद कार्यकारी अधिकार नभएको आलंकारिक पद मात्र हो। तर सत्ताको तीब्र हानथाप र दलहरुको गहीरो आपसी अविश्वासका बीच नेपालको जटिल संक्रमणकालीन राजनीति लम्बिएको अहिलेको बेला नेपाली सेनाको सर्वोच्च कमाण्डर समेत रहने राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुन सक्नेछ।