Saturday, July 19, 2008

उपराष्ट्रपतिमा झा विजयी, ४ मतका कारण राष्ट्रपतिमा पुनः निर्वाचन

नेपालको इतिहासमै पहिलो पटक भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा फोरमका तर्फबाट उमेदवार बन्नु भएका परमानन्द झा ३०५ मत प्राप्तगरी उपराष्ट्रपति पदमा बिजयी हुनु भएको छ । उपराष्ट्रपतिका लागि झाका प्रतिद्वन्द्वी माओवादीकि उमेदवार शान्ता श्रेस्ठले २४३ मत प्राप्त गर्नु भयो, त्यसै गरी एमाले उमेदवार अष्ठलक्ष्मी शाक्यले ४ मत र काँग्रेसका मान बहादुर बिश्वकर्माले २ मत प्राप्त गर्नु भयो, । उपराष्ट्रपतिका लागि खसेको जम्मा ५७८ मध्ये २४ मत बदर भएको थियो । भने राष्ट्रपतिमा नेपाली कांग्रेसले २९४ मत मात्र प्राप्त गरेकाले पुनः निर्वाचन हुने भएको छ।