Monday, July 28, 2008

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएको विरोधमा अर्घाखाँची लगायत देशभर प्रदर्शन हुने क्रम जारी

अर्घाखाँची, सन्धिखर्क - उपराष्ट्रपति परमानन्द झाले पद तथा गोपनीयताको शपथ हिन्दी भाषामा लिएको विरोधमा अर्घाखाँचीमा विरोध र प्रदर्शन भएका छन् । नेपाली भाषाको अपमान गरेको भन्दै ने.क.पा मसाल (राष्ट्रिय जनमोर्चा) , एमाले, माओवादी र कांग्रेसका भ्रातृ संगठनहरूले उपराष्ट्रपति झाको राजीनामा माग गर्दै सन्धिखर्क लगायत जिल्लाका सबै गाविसहरुमा नाराबाजी, मशाल जुलुस, पुतला दहन तथा कोणसभा गर्ने क्रम जारी राखेका छन्।

सामान्य रुपमा यातायात बन्द एवम जुलुस प्रदर्शनका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीहरुले 'देश टुक्य्राउन पाइ“दैन' , राष्ट्रिय भाषाको सम्मान गर, हिन्दी शपथ फिर्ता ले, लगायतका नारा लगाउ“दै उनीहरूले उपराष्ट्रपतिले र्सार्वजनिक माफी नमागेसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।

उता हाम्रा काठमाडौं सम्वादाता भन्छन, गत बुधवार शपथ लिएलगत्तै विवादमा परेका उपराष्ट्रपति झाको विरोधमा विद्यार्थी संगठन लगायत विभिन्न दलहरुले देशभर विभिन्न ठाउँहरुमा नाराजुलुस गर्नुका साथै उनको पुत्ला पनि जलाएका छन्। उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएपछि उब्जिएको विवादका कारण उत्पन्न तनावका बीच संविधानसभाले मानिसहरुलाई संयम रहन अपील गरेको छ। संविधानसभाको बैठकले एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव एकस्वरले पारित गर्दै मानिसहरुलाई साम्प्रदायिक सदभाव कायम राख्न अपील गरेको छ।

लामो समय न्यायाधीशकै रुपमा काम गरेर हालै अवकाशप्राप्त गरेका उपराष्ट्रपति झाको शपथ विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश दामोदरप्रसाद शर्माको इजलासले झालाई एक साताभित्र जवाफ पेश गर्न आदेश जारी गरेको छ।