Sunday, September 7, 2008

अर्घाखाँचीका महिलाहरुले हरितालिका तिज धुमधामका साथ मनाए

सन्धिखर्क, अर्घाखाँची - हरेक वर्ष जस्तै यसवर्ष पनि महिलाहरुको महान पर्व हरितालिका तिज पर्व सन्धिखर्क लगायत सबै गाबिसहरुका महिलाहरुले धुमधामका साथ मनाए, तर केही भिन्न शैलिमा । अर्घाखाँचीका महिलाहरुले बिगतमा झै घरेलु हिंसा, श्रीमान अनि सासु-ससुराबाट पिडित भएका कुरालाई चटक्क बिर्सेर समग्र मुलुकका महिलावर्गका हित र अधिकारका कुराहरु तिजेगित मार्फत घन्काए । महिलाहरुले दाईजोप्रथा, महंगी, महिलाहिँसा, महिलालाई हरेक क्षेत्रमा नाटकीय पात्रको रुपमा लिईएका कुराहरुलाई समेत समेटेका थिए ।

"नयाँ बन्ने संविधानमा महिला अधिकारको सुनिस्चितता" विषयमा केन्द्रीत रहेर गाइएका गितहरुले नयाँ नेपालसंगै महिलाहरुलाई ३३ प्रतिषत नभएर महिला जनसंख्याको आधारमा ५१ प्रतिषत अधिकार दिईनुपर्ने माग गरेका थिए ।