Monday, June 9, 2008

अर्घाखाँचीका फोटोहरु - भाग २४

संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ मा नेकपा माओवादीका उम्मेदवार टोपबहादुर रायमाझी १९ हजार ५८४ मत ल्याई विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मानबहादुर विश्वकर्माले १० हजार ५९१ मत, भने नेकपा एमालेका चेतनारायण आचार्यले ९ हजार ४६१ र राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्यले ७ हजार ५७५ मत ल्याउनुभएको थियो । क्षेत्र नं. १ मा ५० हजार ५९९ मत खसेकोमा १ हजार ८७९ मत बदर भएको थियो । यस जिल्लाका चार मतदान केन्द्रमा चैत २८ गते मतदान कार्य स्थगित भई यही वैशाख ४ गते पुनःनिर्वाचन भएको थियो । र अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी पुष्पा भुसाल १६ हजार ९९२ मत ल्याएर संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज खनालले १४ हजार ८०५ मत र तेस्रो स्थानमा रहेका नेकपा माओवादीका रामप्रसाद बन्जाडेले ११ हजार ५८८ मत पाएका थिए । क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी पुष्पा भुसालको बिजयी भए पछी बिजयी-जुलुशमा लिएका फोटाहरु-























माथिका सबै फोटाहरु "युरो न्युज टेलिभिजन" बाट लिएको हो ।